Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन

मन्त्रालय प्रवेश पास नदिएपछि फर्किए शिक्षकहरू

मन्त्रालय प्रवेश पास नदिएपछि फर्किए शिक्षकहरू


  • 1.5K
    Shares

    • images
    मन्त्रालय प्रवेश पास नदिएपछि फर्किए शिक्षकहरू

    काठमाडौं । नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश  आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए । उनले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको पनि दाबी गरे ।

     ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका  लागि हामी जाने क्रममा थियौँ ।   तर  विशेष कारणवश  आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

    उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताए । 

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १५:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij