Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्कोभाइरल भिडियो एक वर्ष पुरानो

ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्कोभाइरल भिडियो एक वर्ष पुरानो


  • 820
    Shares

    • images
    ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्कोभाइरल भिडियो एक वर्ष पुरानो

    काठमाडौं । बिहीबारदेखि लगातार सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दुईवटा भिडियो सार्वजनिक भए ।

    दुवै भिडियो पुराना हुन् । बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा छरपस्ट भएको सुन्धाराको पुल नजिकैको भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरी कारबाहीमा परिसकेका छन् ।

    शुक्रबार बिहानैबाट अर्का एक जना ट्राफिक प्रहरीले पनि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । उक्त भिडियो पनि एक वर्ष पुरानो रहेको पाइएको छ ।

    ट्राफिक प्रहरी प्रभाग सोह्रखुट्टेमा रहेका सहायक हवल्दारबाट कुटेको उक्त भिडियो सार्वजनिक भएको पाइएको हो । ती ट्राफिक प्रहरी ०८० चैतमै त्यहाँबाट सरुवा भएर उपत्यका बाहिरको जिल्लामा गइसकेका छन् ।

    किन कुटपिट भइरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिए ।

    ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएको थियो ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १४:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij