Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

७ मिनेट बसेर स्थगित भयो राष्ट्रिय सभाको बैठक

७ मिनेट बसेर स्थगित भयो राष्ट्रिय सभाको बैठक


  • 967
    Shares

    • images
    ७ मिनेट बसेर स्थगित भयो  राष्ट्रिय सभाको बैठक

    काठमाडौं । ७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज छैठौं अधिवेशनको पहिलो दिन हो ।

    अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्‍यहोरा पढेर सुनाए ।

    त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।

    बोहराको निधनमा शोक प्रकट गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । अर्को बैठक यही वैशाख १४ गते दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।

     

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १२:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij