२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक पुगेका छन् ।
दश वर्षअघि गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पको सम्झनामा आज बारपाकमा फोटो प्रदर्शनी गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोटो प्रदर्शनीको उद्घाटन गरेका छन्।
शुक्रबार अध्यक्ष प्रचण्डसँगै पूर्वउपप्रधान तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु नेताहरु बारपाक पुगेका हुन् ।
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि सहभागी छन् । २०७२ साल वैशाख १२ गते भूकम्प गएको समय ११ स् ५६ मा मौनधारण गरेर कार्यक्रम सुरु भएको छ । कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्दैछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij