Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भूकम्प: गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा धक्का

भूकम्प: गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा धक्का


  • 2.3K
    Shares

    • images
    भूकम्प: गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा धक्का

    काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

    शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।

    आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - ११:४१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij