Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१४ वर्षे बालकको निर्मम हत्या, कुहिएको अवस्थामा भेटियो शव

१४ वर्षे बालकको निर्मम हत्या, कुहिएको अवस्थामा भेटियो शव


  • 1.8K
    Shares

    • images
    १४ वर्षे बालकको निर्मम हत्या, कुहिएको अवस्थामा भेटियो शव

    रौतहट ।  रौतहटमा एक जना १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी निर्मम हत्या भएको छ । हत्या भएको अवस्थामा पाँच दिनपछि शव खोलाको पानीमा बरामद भएको छ ।

    जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदीखोलामा एक जना बालकको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । पछिल्लो ५ दिनदेखि हराइरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुजराय यादवको छोरा वर्ष १४ को कृष्णप्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।  

    घटनाको जानकारी प्राप्त हुना साथ डीएसपी कार्की सहितको टोली अनुसन्धानको लागि  घटनास्थलमा खटिएको छ। बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले जानकारी दिएका छन् । बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुन सक्ने अनुमान रहेको डीएसपी कार्कीले बताएका छन् ।

    शवमा कीरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ। गत ६ गते अपरान्ह ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाईकल चढेर निस्केको थियो ।

    त्यसको ३ दिनसम्म बालक घरमा फिर्ता नआउँदा गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो। घटना सम्बन्धी थप अनुसन्धान भैरहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाइकल हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - ११:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij