Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्: परीक्षा बोर्ड (सूचनासहित)

एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्: परीक्षा बोर्ड (सूचनासहित)


  • 3.9K
    Shares

    एसईई २०८२ को रजिस्ट्रेसन फारम भर्नुस्: परीक्षा बोर्ड (सूचनासहित)

    राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा सञ्चालन हुने एसईई परीक्षाको रजिष्ट्रेसन फाराम भर्न विद्यालय र विद्यार्थीलाई सूचित गरेको छ। 

    बोर्डले आज सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ मा कक्षा १० मा साधारण, परम्परागत (संस्कृत वेदविद्याश्रम गुरुकुल मदरसा, गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीलाई ०८२ सालको एसईई मा समावेश हुनको लागि फार्म भर्न अनुरोध गरेको हो। 

    आजदेखि आगामी जेठ ११ गतेभित्र फाराम भरिसक्न पनि बोर्डले विद्यालय र विद्यार्थीहरुलाई सचेत गराएको छ। बोर्डले आगामी चैतमा सञ्चालन हुने एसईईको फाराम भर्न अनुरोध गरे पनि हाल शिक्षक आन्दोलनका कारण देशैभरिका सामुदायिक विद्यालय बन्द अवस्थामा छन्। 

    विद्यालय बन्द गरेर शिक्षकहरु विगत २३ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा सहभागी भएका कारण सामुदायिक विद्यालयमा नयाँ भर्ना अभियानसहित सबै शैक्षिक गतिविधि ठप्प छ। गएको चैतमा सञ्चालन भएको ०८१ सालको एसईईको कापी पनि परीक्षण सुरु भएको छैन। यसले लाखौँ विद्यार्थीको भविष्य जोखिममा परेको छ। 

    492832968_2780376168817878_3577191290383313945_n_FDwHf6bEWr.jpg

    images
    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - ०७:४९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij