२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा समेत बारम्बार विद्युत् जाने गरेको छ। विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आएसँगै विद्युत् आपूर्तिमा देखिएका केही यस्ता समस्याले कतै लोडसेडिङ त हुने होइन भन्नेजस्ता डर आम मानिसमा समेत देखिएको छ।
तत्कालीन कार्यकारी निर्देशक कुलमानले व्यवस्थापन राम्रो गर्दा घरायसी ग्राहकले लोडसेडिङ व्यहोरेका थिएनन्। विभिन्न कारणले विद्युत् जाँदा पनि छिट्टै आउने गर्थ्यो। अहिले त्यस्तो नभएको कारण मानिसहरुमा चासो बढेको हो।
यहीबीच ढल्केबर, थानकोटका सबस्टेसनमा आगलागी भयो। यसले पनि विद्युत् प्राधिकरणको व्यवस्थापनमा कमजोरी भएको हो कि भन्ने प्रश्न उठिरहेको छ। तर प्राधिकरण भने मुख्यतः ३ कारणले विद्युत् आपूर्तिमा समस्या भएको र तत्काल समाधानको प्रयास गरिरहेको बताउँछ।
‘चैत १५ गतेयता विभिन्न ठाउँमा हावाहुरी र पानीका कारण समस्या भएको हो’, विद्युत् प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने, ‘रुखका हाँगा काट्ने, विद्युतको तार अन्डरग्राउन्ड परीक्षण र प्रि–मनसुनमा हावाहुरीले केही समस्या देखिएको सत्य हो।’
सबै वितरण केन्द्रलाई समस्या आउनेबित्तिकै समाधानमा लाग्न निर्देशन दिएको उनको भनाइ छ।
‘सर्वसाधारणको घरमा विद्युत् अपुग भएको कारण लाइन कटौती गरेका छैनौँ’, शिल्पकारले थपे, ‘प्राविधिक समस्याले बेला–बेला लाइन जाने गरेको छ। मर्मतको समयमा त हामीले सूचना नै जारी गरिरहेका हुन्छौँ तर धेरैलाई जानकारी दिने गरेका छौँ।’
४–५ दिनयता भारतले रातिको समयमा विद्युत् दिन छाडेको छ। हिमाली भागमा हिउँ पग्लिँदा केही मेगावाट बढी उत्पादन भए पनि मागअनुसार धान्न अझै नसकेको प्राधिकरणको स्वीकारोक्ति छ। ‘माथिल्लो तामाकोशीमा पानीको स्रोत बढेको छ। भारतबाट विद्युत् नआउँदा पिकिङ आवरमा चलाउने गरेका छौँ’, उनले भने, ‘हिमाल पग्लिँदै जाँदा सर्वसाधारणसँगै औद्योगिक क्षेत्रलाई पनि सहज हुन्छ।’
प्राधिकरणका अनुसार सुख्खा मौसममा नदीनालाको वहाव कम भएकोले जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट छ। हालको उच्च माग ९पिक लोड० २ हजार ७७ मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट छ।
भारतबाट पीईसीमार्फत बेलुका ६ बजेदेखि बिहान ६ः०० बजेसम्म १३२ केभी लाइनमार्फत अधिकृतमा ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ गरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij