Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राष्ट्र बैंकको गभर्नर नियुक्ति

गभर्नर नियुक्तिमा ‘२० करोड डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो: महेश बस्नेत

गभर्नर नियुक्तिमा ‘२० करोड डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो: महेश बस्नेत


  • 5.2K
    Shares

    गभर्नर नियुक्तिमा ‘२० करोड डिल’ गरेको प्रमाण भेटिएपछि ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरियो: महेश बस्नेत

    काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता महेश बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ‘डिल’ गरेको प्रमाण फेला परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरिएको दाबी गरेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई पदबाट बर्खास्त गरेको एक दिनपछि उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँ बराबरको ‘डिल’ गरेको प्रमाण फेला परेको दाबी गरेका हुन् । 

    ‘अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो,’ बस्नेतले लेखेका छन्, ‘तर जो चोर उसकै ठूलो स्वर भने झैँ अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटंकी गरिरहेको छ ।’

    उनले बर्खास्तमा परेको नेपाली कांग्रेस रामेछापका सभापति तामाङको नाममा २० भन्दा बढी योजनाहरू कालो सूचीमा रहेका पनि उल्लेख गरेका छन् । 

    ‘सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ,’ बस्नेतको आरोप छ, ‘ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ ।’

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १७:२५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij