Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समचार

थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन, के भएको थियो कुराकानी?

थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन, के भएको थियो कुराकानी?


  • 3.5K
    Shares

    • images
    थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन, के भएको थियो कुराकानी?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैंकक जानुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद भएको बताएका छन् ।

    बिहीबार पार्टी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।‘देउवाजीले बैंकक जानुअघि फोन गर्नुभएको थियो, मैले स्वास्थ्य लाभको कामना गरेको छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

    उनका अनुसार बैठकमा प्रचण्डले वर्तमान सरकारबाट समेत संघीय लोकतान्त्रिक गणतन्त्रत्माक शासन व्यवस्थामा खतरा रहेको ब्रिफिङ गरेका थिए । तथापि, आफूहरू तत्काल सरकारमा जानुपर्छ भन्ने पक्षमा नरहेको प्रचण्डको भनाइ थियो ।

    तराई–मधेशकेन्द्रित जागरण अभियानको क्रममा जनताले आफूहरूलाई तत्काल सरकारमा नजान सचेत गराएको चर्चा गर्दै प्रचण्डले तत्काल सरकारमा जानुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका थिए ।

    अभियानको क्रममा विभिन्न स्थानमा भएका जनसभामा प्रचण्डले वर्तमान सरकार आफैंभित्रको असन्तुष्टिका कारण चाँडै ढल्ने बताउँदै आएका छन् । तर, माओवादी केन्द्र तत्काल सरकारमा जाने पक्षमा नरहेको भनाइ पनि उनले व्यक्त गर्ने गरेका छन् ।

    सरकार ढले माओवादीले बाहिरै बसेर कांग्रेस नेतृत्वलाई सघाउने प्रचण्डले बताउँदै आएका छन् । माओवादीका अन्य नेताहरू पनि अहिले सरकारमा जान नहुने धारणा राख्ने गर्छन् । तर, अर्को सरकारको विकल्प तयार नभइसकेकाले खुलेर टिप्पणी गर्न डराइरहेका छन् ।

    हुलाकी राजमार्ग केन्द्रित अभियान माओवादीले गत १२ फागुनबाट सुरु गरेको हो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको अभियान १७ वैशाखमा कञ्चनपुर पुगेर सकिँदैछ ।

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १६:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij