Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो भाइरल, प्रहरी के भन्छन् ?

ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो भाइरल, प्रहरी के भन्छन् ?


  • 2.4K
    Shares

    • images
    ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो भाइरल, प्रहरी के भन्छन्  ?

    काठमाडौं । ट्राफिक प्रहरीबाट एक जना सर्वसाधारण जनता कुटपिट गरीएको एक भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 

    उक्त भिडिओमा सरकारी पदमा रहेकका चार जना ट्राफिक प्रहरी देखिन्छ । देशको रक्षकले सर्वसाधारण जनता माथि देखाइएको व्यवहार यस्तो रहेको छ । 

    ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देख्न सकिन्छ । 

    नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार उनले ट्राफिक प्रहरीले कुटपिट गरेको भाइरल भिडियोबारे अनुसन्धान भइरहेको बताए । तर, भिडियो पुरानो हुन सक्ने उनको भनाइ छ । 

    ‘हामीले त्यो भिडियो देख्यौँ । तर, ट्राफिक प्रहरीले ज्याकेट लगाउन छोडेको त धेरै भइसक्यो । अलिकति पुरानो भिडियो हो भन्ने हामी गेस गर्न सक्छौँ,’ उनले भने, ‘तर, के हो ? कसो हो ? अनुसन्धान गर्दै छौँ । संलग्नलाई कारबाही गर्छौं ।’



    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १५:२७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij