२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आजको दिन ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार अवधिभर ३०८ कम्पनीको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार कारोबारमा आएको ८३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा नेपाल हाइड्रा डेभलपर्सको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij