२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रीसँग मन्त्रालयमा वार्ता सुरु गरेका छन् ।
वार्तामा स्वास्थमन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीको लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.मंगल रावल लगायतको उपस्थिती रहेको छ ।
सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । आवासीय चिकित्सकहरु भोली देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने र निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने चेतावनी दिएका छन्
चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिए पनि निजी मेडिकल कलेजले निर्देशनको आज्ञा पालना नगरे आवासीय चिकित्सकहरुले कडा आन्दोलन थाल्ने चेतावनी दिएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij