Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘आधारशिला’ तालिम

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘आधारशिला’ तालिम


  • 1.0K
    Shares

    • images
    व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘आधारशिला’ तालिम

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिइएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिइएको हो । 

    वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताएका छन् ।  खाणको अनुसार “महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उसकोे भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता भएको उनले बताए । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विकास निर्माण र सामाजिक कार्यमा महिलाहरुको सहभागिता बढ्दो रहेको बताए । व्यवहार परिवर्तन र जिम्मेवारी बोधका कारण महिलाहरुको सहभागिता बढेको सुवेदीको भनाई छ । दीगो उत्पादन  तथा यसको बजारीकरणका लागि पालिकाले काम गरिरहेको अधिकृत सुवेदीले बताए । महिलाहरुको सक्रियता समाज परिवर्तनका लागि महत्वपूर्ण रहने वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताए । महिलाको पहुँच बृद्धि र व्यवहारपरिवर्तनका लागि आधारशिला तालिम प्रभावकारी हुनेमा जोड दिएका छन् ।

    चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ जना सदस्यहरुका लागि तीन दिने आधारशिला तालिम प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालले जानकारी दिए । तालिममा पौड्याल सहित विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजिकरण गरेका छन् । 

    वालिङ नगरपालिकाका वडा नं. १ देखि ७ सम्म सञ्चालन भईरहेको परियोजनामा एक हजार ६ सय महिला आवद्ध रहेका छन् । जसमा ५६ वटा समूह गठन भएको परियोजनाले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १२:४२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij