Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

जम्मू–कश्मीर हमला

जम्मू–कश्मीर हमला : सुदीपको शव घर आइपुग्यो, दाहसंस्कारको लागि त्रिवेणी लगियो

जम्मू–कश्मीर हमला : सुदीपको शव घर आइपुग्यो, दाहसंस्कारको लागि त्रिवेणी लगियो


  • 2.4K
    Shares

    जम्मू–कश्मीर हमला : सुदीपको शव घर आइपुग्यो, दाहसंस्कारको लागि त्रिवेणी लगियो


    काठमाडौं । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ।

    उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ। 

    शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएको थियो । बिहान भारतीय पक्षले रुपन्देहीको प्रशासन रोहबरमा शवको जिम्मा लगाएको थियो।

    न्यौपाने शनिबार आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए । त्यहाँ भएको आतंकवादी आक्रमणमा उनीसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।

    न्यौपानेका बुवा शिक्षक हुन्। उनी स्थानीय बुटवल–१८ स्थित भवानी माविमा अध्यापन गराउने उनी शिक्षक आन्दोलनका लागि काठमाडौँ गएका थिए। छोराको मृत्युको खबरपछि उनी बुटवल आइसकेका छन्।

    sudeep-neupane_Actot5vazV.jpg

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०९:४८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij