Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दाइजोमा सिक्री नपाएपछि बेहुली छाडेर हिँड्ने बेहुलासहित ५ जनालाई ६ महिना कैद

दाइजोमा सिक्री नपाएपछि बेहुली छाडेर हिँड्ने बेहुलासहित ५ जनालाई ६ महिना कैद


  • 2.3K
    Shares

    • images
    दाइजोमा सिक्री नपाएपछि बेहुली छाडेर हिँड्ने बेहुलासहित ५ जनालाई ६ महिना कैद

    काठमाडौं । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विहे भाड्ने बेहुलासाहित पाँच जनालाई पर्सा जिल्ला अदालतले दोषी ठहर गरेको छ । सो घटनामा पाँचैजनालाई ६र६ महिना कैद,५–५ हजार जरिवाना र दाइजोमा लिएको ५ लाख ६५ हजार फिर्ता गर्ने फैसला गरेको हो ।

    मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले उक्त आदेश सुनाएको अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए ।

    बेहुला बाराको कलैया उपमहानगरपालिका–४ का २८ वर्षीय उमेश साह, उनका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, दाजुहरु ४२ वर्षीय राकेशकुमार साह, ४० वर्षीय मुकेशकुमार साह र भिनाजु बाराकै परवानीपुर ५ का ४५ वर्षीय रामएकबाल साहलाई दोषी ठहर गर्दै अदालते सजाय सुनाएको हो ।

    २७ फागुन २०८० मा वीरगन्ज महानगरपालिका २४ रामगढवामा बेहुलीको घरमा वैवाहिक समारोहमा सुनको सिक्री नदिएको निहुमा बेहुलासहित आफन्तले विहे भाँडेका थिए । त्यसको आक्रोशमा बेहुला र बेहुली पक्षबीच विवाद भइ कुटपिटसमेत भएको थियो ।

    घटना लगतै प्रहरीले बेहुलासहित आठजनालाई पक्राउ गरेको थियो । पाँचजनाविरुद्ध विवाहसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । पर्सा जिल्ला अदालतको आदेशमा बेहुला उमेश २ लाख, बुबा बच्चालाल साह एक लाख, दाई र भिजनाजुसहित तीनजना २५–२५ हजार धरौटीमा रिहा भएका थिए ।

    बेहुली पक्षले दाइजोसहित विहेमा भएको खर्चसहित फिर्ता र त्यसमा संलग्नहरुलाई दाइजो कसुरमा सजाय माग दावी गरेको थियो ।

    तर दाइजो स्वरुप बेहुला पक्षले मोटरसाइकल किन्न ३ लाख, नगद २ लाख र ल्यापटप किन्न ६५ हजार नगद लिएको मात्र प्रमाणसहित पुष्टि भएकोले ५ लाख ६५ हजार रकम मात्र फिर्ता गर्न अदातलले आदेश दिएको श्रेस्तेदार मल्लिकले बताए ।

     

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०९:३०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij