Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पियोर इनर्जीको आइपीओ बाँडफाँट, १८ लाख भन्दा धेरैको हात खाली, यसरी हेर्न सकिन्छ नतिजा ?

पियोर इनर्जीको आइपीओ बाँडफाँट, १८ लाख भन्दा धेरैको हात खाली, यसरी हेर्न सकिन्छ नतिजा ?


  • 2.1K
    Shares

    • images
    पियोर इनर्जीको आइपीओ बाँडफाँट,  १८ लाख  भन्दा धेरैको हात खाली, यसरी हेर्न सकिन्छ नतिजा ?

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आज  फाँडफाँट भएको छ ।

    मागभन्दा १९.२८ गुणा बढी आइपीओमा आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत बाँडफाँट गरिएको छ । आइपीओमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । तर, १ लाख १९ हजार ५२० जनाले १०–१० कित्ता सेयर पाएको छ भने १८ लाख १६ हजार ५३३ जनाको हात खाली भएको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो । 

    आइपीओको नतिजा हेर्नका लागि बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा यसरी हेर्न सकिन्छ  https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०९:३०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij