Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बैशाख १२ गते बारपाकमा १० औं भूकम्प स्मृती दिवस कार्यक्रमको उद्वघाटन प्रचण्डले गर्ने

बैशाख १२ गते बारपाकमा १० औं भूकम्प स्मृती दिवस कार्यक्रमको उद्वघाटन प्रचण्डले गर्ने


  • 2.0K
    Shares

    बैशाख १२ गते बारपाकमा १० औं भूकम्प स्मृती दिवस कार्यक्रमको उद्वघाटन प्रचण्डले गर्ने

    काठमाडौं। गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. १ बारपाकमा  १० औं भूकम्प स्मृती दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छन् ।  १० बर्ष अघि  २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर भूकम्प गएको  थियो । त्यसैलाई आधार मानि ‘गोरखा भुकम्प’को सम्झनामा बारपाक सुलिकोट गाउँपालिकाले हरेका बर्ष जस्तै यो बर्ष पनि पालिकाभर सार्वजनिक बिदा दिएको छ ।

    गाउँपालिकाले गत आइतबार सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गते पालिका अन्तर्गतका सरकारी, गैरसरकारी संस्थाका कार्यालय बिदा दिने जानकारी दिएको थियो । गाउँपालिकाले विभिन्न कार्यक्रम जसमा गाउँपालिका वडा नं. १ बारपाकको हिमालय मा.वि.को प्राङगणमा श्रदाञ्जली कार्यक्रम गर्ने तयारी गरिएको छ । उक्त कार्यक्रममा भूकम्प सम्बन्धी फोटो प्रदर्शनी तथा जनचेतनामूलक कार्यक्रम समेत हुने बताइएको छ । उक्त कार्यक्रम राजधानी देखि राष्ट्रिय जनवादि कलकार झंबार मगर तथा राष्ट्रिय लोकदोहोरी  गायक सागर गुरूङको वेजोड सांगितिक प्रस्तृती समेत रहने छ ।

    कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  एवं गोरखा क्षेत्र नम्बर २ का सांसद पुष्पकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधानमन्त्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली काँग्रेसका नेता गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’का सांसद सुरेन्द्रराज पाण्डे, प्रदेश तथा जिल्ला पार्टीका नेता कार्यकर्ताहरु लगायत उपस्थिति हुने छ ।

    यस पालिकाले भुकम्प गएको बर्ष देखि अहिले सम्म केन्द्रबिन्दु बारपाकमा हरेक बर्ष बिभिन्न कार्यक्रम गरेर भूकम्प  स्मृति दिवश मनाउदै आएको  पालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए ।

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०६:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij