Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज र भोलि धेरै ठाउँमा अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन अनुरोध

आज र भोलि धेरै ठाउँमा अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन अनुरोध


  • 1.6K
    Shares

    आज र भोलि धेरै ठाउँमा अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं । तराईका धेरै ठाउँमा बिहीबार र शुक्रबार अत्यधिक गर्मी हुने सम्भावना रहेका छ । मौसम पूर्वानुमान महाशाखाले गर्मी बढ्ने भएकाले ले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

    विभागका अनुसार मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा अत्यधिक गर्मीको सम्भावना छ ।

    लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा तातो हावा तथा तातो लहरकोसमेत सम्भावना रहेको हुनाले त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्योभन्दा बढी मापन भएको छ ।

    यस्तै मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँहरुमा ३८ डिग्री सेल्सियस वा त्योभन्दा बढी तापक्रम भएको छ ।

    तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका समस्या देखिन सक्छ ।

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, बाहिर जानुपर्दा हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्ने टोपी लगाउन, नियमित र पटक–पटक पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्कमा रहन महाशाखाले अनुरोध गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०६:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij