Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बढ्यो अमेरिकी डलरको मूल्य, आज कुन बिदेशी मुद्राको भाउ कति ?

बढ्यो अमेरिकी डलरको मूल्य, आज कुन बिदेशी मुद्राको भाउ कति ?


  • 1.4K
    Shares

    • images
    बढ्यो अमेरिकी डलरको मूल्य, आज कुन बिदेशी मुद्राको भाउ कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ ।

    हिजो अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा रहेको थियो । हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य बढेको छ । 
     
    युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० पैसा तोकिएको छ । स्विस फ्र्यांक एकको खरिददर १६५ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३१ पैसा कायम गरिएको छ ।
     
    अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रूपैयाँ ०२ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
     
    जापानी येन १० को खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा तोकिएको छ । 

    साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तोकिएको छ ।
     
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा कायम गरिएको छ । मलेसियन रिंगेट  एकको खरिददर ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा निर्धारण भएको छ ।
     
    साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५९ पैसा र बिक्रीदर नौ रूपैयाँ ६३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २३ पैसा र बिक्रीदर १४ रूपैयाँ २९ पैसा कायम गरिएको छ । डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ८२ पैसा र बिक्रीदर २० रूपैयाँ ९१ पैसा तोकिएको छ ।
     
    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १७ रूपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २७ पैसा तोकेको छ । 

    बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८० पैसा रहेको छ । 

    भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०६:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij