Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

वामदेवले भने योगी आदित्यनाथको नाकचैँ भाँचिने गरी ठटाउँछु

वामदेवले भने योगी आदित्यनाथको नाकचैँ भाँचिने गरी ठटाउँछु


  • 3.4K
    Shares

    • images
    वामदेवले भने योगी आदित्यनाथको नाकचैँ भाँचिने गरी ठटाउँछु

    पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले अन्तर्वार्ता दिइरहेको एउटा भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल छ। 

    जसमा उनले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ‘नाक भाँच्ने’ कुरा गरिरहेका छन्।

    राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमलाई ऋषि धमला सोध्छन्: हिन्दु राष्ट्र नेपाल हुन सक्छ कि सक्दैन?  नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतम कड्किँदै भन्छन्: सक्दैन। हिन्दु राष्ट्र नेपाल हुँदैन। 

    ऋषि: किन हुँदैन? 

    वामदेव: हिन्दु राष्ट्र भारत भयो भने हुन्छ, हिन्दु राष्ट्र भारत भएन भने (नेपाल पनि) हुँदैन। 

    ऋषि: योगी आदित्य नाथ उत्तर प्रदेशका मुख्यमन्त्रीले भनिसक्नुभयो- नेपाललाई हिन्दु राष्ट्र बनाउँछु भनेर?

    वामदेव: तिनले भनेर हुन्छ? यहाँ आएर भनून् त। तिनको नाकचैँ भाँचिने गरी ठटाउँछु मैले। तिनले चाहिँ हिन्दु राष्ट्र नेपाल बन्यो भनेर भन्ने हो? विदेशीले!

    पूर्वराजा ज्ञानेन्द्र शाह गत फागुन २५ गते पोखराबाट काठमाडौँमा फर्किंदा उनको स्वागतमा आयोजित र्‍यालीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर-अंकित ब्यानर प्रयोग गरिएको थियो।

    तर गत चैतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले योगी आदित्यनाथले आफू नेपालमा राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा नरहेको कुरा दिल्लीका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको भेटमा भनेको दाबी गरेका थिए। 

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ०५:४२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij