Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भाटभटेनी लुटपाट गर्नेसहित २९ जना छुटे (सूचीसहित)

भाटभटेनी लुटपाट गर्नेसहित २९ जना छुटे (सूचीसहित)


  • 3.1K
    Shares

    • images
    भाटभटेनी लुटपाट गर्नेसहित २९ जना छुटे (सूचीसहित)

    काठमाडौं । राजावादी प्रदर्शनमा उत्पन्न अनियन्त्रित स्थितिको फाइदा उठाउँदै लुटपाटमा संलग्न २९ जना भने हाजिरी जमानीमा छुटेका छन् ।

    चैत १५ को प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरबाट मदिरा, फलफूल, लत्ताकपडा लुटपाट गर्ने सबैलाई हाजिर जमानीमा छोडिएको जिल्ला प्रहरी, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले बताए । उनीहरूलाई आपराधिक उपद्रव मुद्दामा म्याद थप गरिएको थियो । तर, कसैले पनि नियतवश लुटपाट गरेको नभई लहडबाजीमा त्यस्तो कार्यमा संलग्न भएको भेटिएका कारण सरकारी वकिलको रायका आधारमा मुद्दा नचलाई छोडिएको हो ।

    सोही घटनालाई उत्तेजक बनाउन भूमिका खेलेका राप्रपा महामन्त्री धवलसमशेर राणा पनि हाजिर जमानीमा पर्ने २९ जनाको सूचीमा छन् । तर, उनका विरुद्ध दायर राज्यविरुद्धको मुद्दा फिर्ता भएको छैन ।

    राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित उक्त घटनासम्बद्ध केही व्यक्तिमाथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    हेर्नुहोस्, हाजिर जमानीमा छुट्नेको सूची-

    inkune-ghatna-hajiri-jamani.jpgtinkune-hajiri-jamani-1024x619.jpg

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १७:२८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij