Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति

भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति


  • 2.0K
    Shares

    भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति

    काठमाडौं । भक्तपुरको च्याम्हासिंह स्थित लिवालीमा बसको ठक्करबाट १० वटा दुईपांग्रे सवारीमा क्षति पुगेको छ । 

    भक्तपुर नगरपालिका–८ स्थित लिवालीमा च्याम्हासिंहबाट जगाते तर्फ जाँदै गरेको बा।३ ख ५०४७ नम्बरको बसको ब्रेक फेल भएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए । 

    बसको ठक्करबाट पार्किङ गरेर राखिएको ३ स्कुटर र ७ वटा मोटरसाइकलमा क्षति पुगेको छ । बस चालक महोत्तरीको बर्दिबास नगरपालिका–४ घर भएका २३ वर्षीय बिरबल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

    घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १७:२२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij