Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान


  • 3.4K
    Shares

    • images
    ६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं ।  ६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् ।

    प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

    दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

    पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १६:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij