२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका थप १० जनालाई रिहा गरिएको छ ।
भाटभटेनीमा लुटपाट गर्ने सहित थप १० जनालाई हाजिर जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । यसअघि राप्रपाका महामन्त्री धवल शमशेर जबरा सहित ११ जना छुटेका थिए ।
रिहा भएकाहरू चैत १५ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले गरेको प्रदर्शनमा सहभागी थिए ।
रिहा हुनेमा चित्रमाया बसेल, सस्मिता बराल, देव बहादुर थापा मगर, राज ठाकुर, प्रसिद्ध मल्ल, नविन ढकाल, आलोक पराजुली, वरुण यादव, रञ्जित बस्नेत, डा. धवल शमशेर जबरा, ईरफान खान, गणेश बहादुर गुरुङ, विवेक खनाल, उपेन्द्र शाह, शरुन थापा, गणेश प्याकुरेल, स्टन लामा, एलिसा राई, भविन्द बिसी, आशिक कुमार महतो र गोविन्द राय छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij