Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ


  • 1.5K
    Shares

    • images
    उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

    काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरुले आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरेसँगै कृषकहरु उत्साहित भएका हुन् । 

    अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्ररित गर्दै आएको छ ।

    अनुदानमा आधुनिक खोर निर्माण  गरेकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताए  । उनीले भनीन,“अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अव सजिलो हुने भयो ।” अहिले १२ बाख्रा पाल्दै भएकी मल्लले अव खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने बताए । गाउँका धेरै बाख्रा पालक कृषकले खोर बनाउने योजना बनाएको उनीको भनाई छ । 

    ३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताए । 
    वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडा अध्यक्ष छविलाल आलेले बताका छन । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’मार्फत आधुनिक खोर निर्माण गरिएको आलेकोे भनाई छ । कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् । 

    बाख्राको नस्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खांणले बताए छन् । खांणले भने,“साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौं ।” वडाको पकेट क्षेत्र नै छुट्याएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खांणको भनाई छ ।
    बाख्रा पालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताएका छन्  । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सवल बनाउने पालिकाको योजना रहेको सुवेदीको भनाई छ ।

    नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४,५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए  । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका र सरसफाई सम्वन्धी जानकारी दिदै आएको बस्यालको  भनाई छ । 

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १४:१९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij