Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

प्रधानमन्त्री ओली र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेट, दिए जंगल सफारीको निम्तो

प्रधानमन्त्री ओली र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेट, दिए जंगल सफारीको निम्तो


  • 1.3K
    Shares

    • images
    प्रधानमन्त्री ओली र चर्चित फुटबलर रोबर्टो कार्लोसबीच भेट,  दिए जंगल सफारीको निम्तो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोसबीच आज भेटघाट भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरूबीच भेट भएको हो। विश्वविजेता कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन्।

    प्रधानमन्त्री ओलीले विश्वकप विजेता फुटबलर कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको योजनासहित अर्कोपटक नेपाल आउन निम्ता दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए। नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा पनि उनले जोड दिए।

    आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लोसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १३:४९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij