Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल माल्टा र पण्डित साइप्रसको पनि राजदूत

नेपाल माल्टा र पण्डित साइप्रसको पनि राजदूत


  • 953
    Shares

    • images
    नेपाल माल्टा र पण्डित साइप्रसको पनि राजदूत

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

    बुधवार राष्ट्रपति पौडेलले नेपाललाई नेपालका लागि माल्टाको राजदूतमा नियुक्त गरेका हुन् । त्यस्तै इजरायलका लागि नेपालका आवासीय राजदूत धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको राजदूतमा नियुक्त गरिएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल र पण्डितलाई माल्टा र साइप्रसको राजदूतको पनि जिम्मेवारी दिइएको जानकारी दिएको छ ।  

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १३:१७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij