Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पहिले पानीपँधेरोमा हुने विभेद अहिले सामाजिक सञ्जालमा भोगिरहेका छन् : आस्था राउत

पहिले पानीपँधेरोमा हुने विभेद अहिले सामाजिक सञ्जालमा भोगिरहेका छन् : आस्था राउत


  • 1.8K
    Shares

    • images
    पहिले पानीपँधेरोमा हुने विभेद अहिले सामाजिक सञ्जालमा भोगिरहेका छन् : आस्था राउत

    काठमाडौं । गायिका आस्था राउत समसामयिक सन्दर्भमा मुखर सुनिन्छिन् । उनको टाइमलाइन स्क्रोल गर्दा उनी सामयिक सन्दर्भमा टिप्पणी गरिरहेकी हुन्छिन् ।

    राजनीतिदेखि सामाजिक मुद्दामा राउत ‘काउन्टर’ विचार राखिरहेकी हुन्छिन् । कहिले उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भनिएको संसदीय समितिको प्रतिवेदनको कुरा लेख्छिन् भने कहिले शिक्षक आन्दोलनको सन्दर्भमा मत जाहेर गर्छिन् ।

    मंगलबारको नयाँ पोस्टमा उनले सामाजिक संजालमा विभेद देखापरेको लेखेकी छन् । पहिले पानीपँधेरोमा हुने विभेदलाई अहिले मानिसले सामाजिक संजालको नयाँ स्वरुपमा भोगिरहेको र यो निन्दनीय रहेको उनको तर्क छ ।

    असन्तुष्टि राख्दा जातभात र धर्ममा नजान उनले आग्रह गरेकी छन् । लेख्छिन्, ‘पहिले पानी पँधेरोमा हुने विभेद अहिले मानिस सामाजिक सञ्जालको नयाँ स्वरुपमा भोगिरहेका छन् र यो एकदम निन्दनीय छ । मेरो विनम्र अनुरोध, आफ्नो असन्तुष्टि राख्दा जातभातमा, धर्ममा नजानुहोस् । मानवता नबिर्सिनुहोस् । बिन्ति छ ।’

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १३:१३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij