Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा


  • 1.3K
    Shares

    • images
    गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

    काठमाडौं । गभर्नर विवादसम्बन्धी रिट र रिटमाथि परेको पूरक निवेदन न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

    ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई पनि गभर्नर नियुक्त गर्न मिल्नेगरी संशोधित अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यको नियुक्ति मापदण्डविरुद्धको रिट र उक्त रिटमाथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको सर्वोच्चमा पूरक निवेदन परेको थियो। 

    आइतबारयता निरन्तर तीन दिन गभर्नर विवादसम्बन्धी रिट र निवेदनको पेसी तोकिने तर हेर्न नभ्याइनेमा परेको थियो  ।  आज इजलासको एघारौँ नम्बरमा उक्त रिट र निवेदनमाथि पेसी तोकिएको छ ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १२:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij