Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन : माग पूरा नगरे शिक्षकहरू राजीनामा दिन तयार

शिक्षक आन्दोलन : माग पूरा नगरे शिक्षकहरू राजीनामा दिन तयार


  • 6.6K
    Shares

    • images
    शिक्षक आन्दोलन :  माग पूरा नगरे शिक्षकहरू राजीनामा दिन तयार

    काठमाडौं । आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षा सार्न सरकार बाध्य भएको बताएका छन् ।

    नेपाल शिक्षक संघ सोलुखुम्बुका जिल्ला अध्यक्ष मदन राईले सरकार डराएर कक्षा १२ को परीक्षा रोक्न बाध्य भएको बताए ।

    “सरकार शिक्षकहरूसँग डराएर कक्षा १२ को परीक्षा रोक्न बाध्य भयो । अब शिक्षकका माग पूरा गर्नुपर्छ,” उनले भने ।
      
    सरकारले शिक्षकहरूका माग पूरा नगरे आफूहरू राजीनामा दिन तयार रहेको उनले बताए । “यो हाम्रो अन्तिम आन्दोलन हो । यसपछि आन्दोलन हुँदैन । डु अर डाईको अवस्थामा हामी छौँ,” राईले भने, “माग पूरा नभए राजीनामा दिन पनि तयार भएर बसेका छौँ ।” 

    मंगलबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने अडान राखे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा वैशाख २१ गतेसम्म सारेको थियो ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजदेखि आन्दोलन थप चर्किएको बताएका छन् ।  शिक्षामन्त्री विद्या भट्टरार्ईले राजीनामा दिएकाले प्रधानमन्त्री ओलीले नै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकहरूको छ । 

    यसअघि शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई भेटेका थिए । 

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ११:४४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij