Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने


  • 1.4K
    Shares

    • images
    महिला कर्मचारीले गर्भाधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने

    काठमाडौं । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था समितिमा रहेको संघीय निजामती सेवा विधेयकमा राखिएको छ ।

    नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार गर्भाधारण गरेपछि महिलाले बिदा माग्दा पाउने प्रबन्ध गर्ने विषयमा सहमति जुटेको छ । उनका अनुसार यस्तो बिदा सुत्केरी भएपछि प्राप्त बिदामा कटौती हुने गरी दिन सकिने प्रावधान राखिनेछ ।

    निजामती सेवा नियमावलीमा महिला निजामती कर्मचारी गर्भवती भएमा सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसूति बिदा लिन पाउने व्यवस्था छ ।

    सो व्यवस्था बमोजिम प्रसूति बिदा लिएका महिला निजामती कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलवी प्रसूति बिदा लिन सक्छन् । तर यस बमोजिमको बिदा लगातार रुपमा लिनुपर्ने व्यवस्था छ ।

    प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका निजामती कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई वटा बच्चाको लागि जनही एकमुष्ट पाँच हजार रुपैयाँ शिशुस्याहार भत्ता समेत दिने व्यवस्था छ ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ११:४०:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij