Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जम्‍मू-काश्मिर हमला

जम्मू-कश्मिर हमलामा मारिएका नेपाली युवक बुटवलका, घटनास्थलमा भेटियो सवारी लाइसेन्स

जम्मू-कश्मिर हमलामा मारिएका नेपाली युवक बुटवलका, घटनास्थलमा भेटियो सवारी लाइसेन्स


  • 4.8K
    Shares

    • images
    जम्मू-कश्मिर हमलामा मारिएका नेपाली युवक बुटवलका, घटनास्थलमा भेटियो सवारी लाइसेन्स

    काठमाडौं । भारतको जम्‍मू-काश्मिरमा पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवकको सवारी लाइसेन्स भेटिएको छ।

    मंगलबार एक आतंकवादी समूहले पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या गरेको थियो। जसमध्ये एक जना नेपाली नागरिक रहेको पुष्टि भएको हो।

    नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सञ्जिब शर्माका अनुसार हमलामा मृत्यु भएका नेपाली बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने हुन्। 

    घटनास्थलमा उनको सवारी लाइसेन्स भेटिएको छ। उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो। यसबारेमा रूपन्देही जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीले थप प्रक्रिया अघि बढाएको छ।

    उनको गोली हानेर हत्या गरेको भनिएको छ। उनी शनिबार आमा, दिदी र भिनाजुसँगै जम्मू-काश्मिर घुम्न गएका थिए। उनीसँगै गएका अन्य आफन्त भने सकुसल रहेको सूचना प्राप्त भएको वडाध्यक्ष न्यौपानेले बताए।

    मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो। घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धार काम कठिन भएको अधिकारीहरूले बताएका छन्।

    द रेसिस्टेन्ट फ्रन्टु नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ।

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १०:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij