Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हर्क साम्पाङ संग भनाभन हुदाँ कुटिएका माओवादी नेताले दिए ३ जनाविरुद्ध किटानी जाहेरी

हर्क साम्पाङ संग भनाभन हुदाँ कुटिएका माओवादी नेताले दिए ३ जनाविरुद्ध किटानी जाहेरी


  • 1.9K
    Shares

    • images
    हर्क साम्पाङ संग भनाभन हुदाँ कुटिएका माओवादी नेताले दिए ३ जनाविरुद्ध किटानी जाहेरी

    विराटनगर । सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका नगर प्रमुख हर्क साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् ।

    नगर प्रमुख साम्पाङ र वडा नम्बर ११ अध्यक्ष लोकेन्द्र फागो कै अगाडि सोमबार कुटिएका लिम्बुले मेयर साम्पाङसहित ३ जनाविरुद्ध उजुरी दिएका हुन् ।

    धरान–११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बुले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

    नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । बजेट कम भएपछि मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो । विवाद मिलाउन नगर प्रमुख साम्पाङ सोमबार आउने भनेका थिए । उनी सोमबार नआइ मंगलबार निर्माणस्थल पुगेका थिए । उनले विवाद मिलाउनुको साटो उल्टै विवाद निकालेको सन्तोषले बताउँदै आएका छन् । उनले भने ‘मेयरकै अघि उनका समर्थकले म माथि हातपात प्रयास गरे त्यसैले कानुनी उपचार खोज्दै छु ।’

    प्रमुख हर्क साम्पाङ र सन्तोष लिम्बूबीच सोमबार भनाभन भएको थियो । त्यस बेला लिम्बूलाई नगर प्रमुखले हैसियत सोधेका थिए । लिम्बूले आफू नागरिक भएको बताएका थिए ।

    चर्काचर्की परिरहेका बेला साम्पाङले झोक्किएर तपाईँले के गर्नुहुन्छ ? भनेका थिए । लिम्बुले भने ‘लगत्तै साम्पाङका समर्थक चङ्खे भन्ने जोन लिम्बू म माथि आइलाग्यो ।’ जोन लिम्बू आफूमाथि आइलागेपनि उनलाई आफूले केही नगरेको तर नगर प्रमुखले उनका समर्थक आफू माथि आई लाग्दा पनि नरोकेको लिम्बुले बताए । लिम्बु माओवादी कार्यकर्ता हुन् ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ०७:०३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij