Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भिमसेनथापा गाउँपालिकामा बाँझो जमिनमा फुलखेतीका लागि कृषि समुह तथा विद्यालय छनोट

भिमसेनथापा गाउँपालिकामा बाँझो जमिनमा फुलखेतीका लागि कृषि समुह तथा विद्यालय छनोट


  • 2.9K
    Shares

    भिमसेनथापा गाउँपालिकामा बाँझो जमिनमा फुलखेतीका लागि कृषि समुह तथा विद्यालय छनोट

    गोरखा । भिमसेनथापा गाउँपालिकाले बाँझो जमिनमा फुल खेती कार्यक्रमका लागि कृषक, कृषि समुह तथा विद्यालय छनौट गरेको छ ।

    गाउँपालिकाले फूलखेती कार्यक्रमका लागि प्रस्तावना आव्हान गरेअनुसार ४ वटा कृषि फर्म, २ जना कृषक र दुई विद्यालय तथा एउटा क्लबलाई छनौट गरेको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए ।

    पालिकाको चालु आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक स्विकृत कार्यक्रम अन्र्तगत मुख्यमन्त्री नवप्रर्वदन साझेदारी कार्यक्रममार्फत पालिका भित्रका बाँझो जमिनमा फुलखेती कार्यक्रमलाई अघि बढाएको हो ।

    पालिकाले गाउँपालिकाको वडा नम्बर ५ मा रहेको मैत्री फलफुल तथा तरकारी उत्पादन कृषक समुह, हेड्स नमुना मदन कृषक समुह, श्री शान्ति मावि, वडा नम्बर ७ स्थित प्रगतीशिल कृषि तथा पशुपन्छी फर्म, वडा नम्बर ८ स्थित पन्थ कृषि तथा पशुपन्छी फर्म छनौटमा परेको हो ।

    त्यस्तै वडा नम्बर ७ मा रहेको गण्डकी युवा क्लब, वडा नम्बर ४ मा रहेको प्रभात मा.वि. पनि बाँझो जमिनमा फूल खेतीका लागि छनौटमा परेको उनले बताए । छनोटमा परेका विद्यालयहरुले विद्यालयको बाँझो जमिनमा मुख्यमन्त्री नवप्रर्वदन साझेदारी कार्यक्रममार्फत अनुदान सहयोगमा फुलखेती गर्नेछन् ।

    त्यसैगरी सोही कार्यक्रमका लागि वडा नम्बर १ र ८ का दुइजना किसान पनि कार्यक्रमका लागि छनोटमा परेको गाउँपालिकाले जनाएको छ । फुलखेतीमार्फत आयआर्जन बृद्धि गर्ने उद्देस्य सहित गाउँपालिकाले फूलखेती कार्यक्रम अघि बढाएको गाउँपालिकाकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

    उनले लामो समयदेखि खेर गइरहेको बाँझो जमिनलाई सदुपयोग गर्न सके लक्षित समुहको आर्थिक आयआजर्न बढाउन सकिने विश्वास व्यक्त गरे ।

    images
    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ०६:५०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij