Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलन अझै चर्कंदै, गाउँघरमा भएका शिक्षकलाई पनि बोलाइयो काठमाडौं

शिक्षक आन्दोलन अझै चर्कंदै, गाउँघरमा भएका शिक्षकलाई पनि बोलाइयो काठमाडौं


  • 2.2K
    Shares

    • images
    शिक्षक आन्दोलन अझै चर्कंदै, गाउँघरमा भएका शिक्षकलाई पनि बोलाइयो काठमाडौं

    काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थप चर्काउने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको २१ औं दिनका लागि आन्दोलनको समय परिवर्तन भएको जानकारी गराउँदै गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन अनुरोध गरेका हुन्।

    अध्यक्ष सुवेदीले भनेका छन्, ‘गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरुलाई पनि प्राप्त होस्।’

    त्यसैगरी उनले महासंघले गर्दै आएको काठमाडौं केन्द्रित आन्दोलनको समय हेरफेर गरेको जानकारीसमेत गराएका छन्। महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि सुरु गरेर दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने जानकारी गराएका हुन्।

    विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। शिक्षक आन्दोलनकै कारण कक्षा ११ को परीक्षा सरकारले वैशाख २१ गतेदेखि गर्नेगरी सारेको छ।

    अध्यक्ष सुवेदीले राष्ट्रिय समितिको मंगलबारको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको जानकारीसमेत गराएका छन्। उनले आजसम्मको प्रदर्शन देखिएको अनुशासन र संयमको सबैले प्रशंसा गरेको भन्दै सदा झैं जुलुशमा सहभागी हुन अनुरोध गरेका छन्।

    उनले महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न शिक्षकसँग आग्रह गरेका छन्। बुधबारको आन्दोलनमा राष्ट्रिय समितिको मुख्य ब्यानरपछि क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, बागमती, मधेश र कोशी प्रदेश बस्ने व्यवस्था गरिएको उनको भनाइ छ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - ०६:३६:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij