Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मिना ढकाल ‘साइबर क्राइम’ मुद्दामा दोषि ठहर

मिना ढकाल ‘साइबर क्राइम’ मुद्दामा दोषि ठहर


  • 12.8K
    Shares

    मिना ढकाल ‘साइबर क्राइम’ मुद्दामा दोषि ठहर

    भक्तपुर । भक्तपुर जिल्ला अदालतले परिवर्तित नाम भक्तपुर २७ (ङ६६) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मिना ढकालविरुद्ध भएको ‘साइबर क्राइम मुद्दा’ मा प्रतिवादी मिना ढकाललाई दोषी करार गरेको छ ।

    भक्तपुर जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले गरेको फैसलामा ढकाललाई विद्युतीय कारोबार ऐन सम्बन्धी कसूर मुद्दामा दोषी ठहर गरेको हो । अदालतले गत माघ २ गते बुधवार उक्त मुद्दाको फैसला सुनाउँदै ढकाललाई दोषी ठहर गरी फागुन १८ गते आइतवार सजाय निर्धारण गरेको थियो ।

    भक्तपुर जिल्ला अदालतले गरेको फैसलामा भनिएको छ– ‘जाहेरवालाको भनाई, जाहेरीसाथ पेश भएका सामाजिक सञ्जालमा उल्लेखित विषयवस्तु र यी प्रतिवादीको भनाईबाट यी प्रतिवादीले जाहेरवाला र निजको छोराप्रति घृणा वा द्वेष फैलाउने गरी सामाजिक सञ्जालमा सामग्री पोष्ट गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) विपरीतको कार्य गरी आरोपित कसूर गरेको ठहर्छ ।’

    https://supremecourt.gov.np/cp/assets/uploads/185519_district_2079413.doc

    images
    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १८:३९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij