२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजसंस्था पुनस्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्द मुक्त भएपछि पुरानै जिम्मेवारीमा फर्किएका छन् । सुवेदीलाई प्रहरीले नजरबन्द गरेपछि आन्दोलनको संयोजन जगमान गुरुङले गर्दै आएका थिए ।
मंगलबार संयोजक नवराज सुवेदीको नजरबन्द फुकुवा भएपछि राजसंस्था पुनःस्थापना संयुक्त आन्दोलन समितिको संयोजकको दायित्त्व सुवेदीले बहन गरेको गुरुङले बताए ।
उनले भने, ‘मैले राजसंस्था पुनःस्थापना संयुक्त आन्दोलन समिति , निर्देशक समितिको प्रमुख सल्लहकार पदमा रहेर यस समितिका सम्पूर्ण अभियानलाई सफल गर्न पूर्ण सहयोग गर्नेछु । ‘
उनले आफूले कार्यवाहक संयोजक रहँदाका बखत कार्यक्रमहरूलाई सफल पार्न सहयोग गर्नेप्रति आभार व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij