Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

शिक्षामन्त्रीको अप्रत्याशित राजीनामाबारे प्रधानमन्त्रीले दिए यस्तो जवाफ

शिक्षामन्त्रीको अप्रत्याशित राजीनामाबारे प्रधानमन्त्रीले दिए यस्तो जवाफ


  • 1.5K
    Shares

    • images
    शिक्षामन्त्रीको अप्रत्याशित  राजीनामाबारे प्रधानमन्त्रीले दिए यस्तो जवाफ

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।

    ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘एक जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । प्रधानमन्त्रीले बसिखानै दिएन भन्ने हाल्ला छ रे,’ उनले भने, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’

    शिक्षामन्त्री भट्टराईले केही समयअघिमात्रै अप्रेसन गरेको भन्दै शिक्षा मन्त्रालय ठूलो मन्त्रालय नभए पनि काम गर्न सजिलो पनि नभएको बताए ।

    ‘अस्ति भर्खरै पनि अप्रेसन गर्नुभयो । धेरै ठूलो मन्त्रालय छ, शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो उहाँले भएर स्वास्थ्य कारण देखाउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्रीले असहयोग गरेर, मतभेदबाट भनेर लेखेको भन्दै उनले आपत्ति जनाएका छन् ।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १५:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij