Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

मधेश मिडिया काउन्सिलका अध्यक्ष कमल शपथ लिएको भोलिपल्टै भ्रष्टाचार मुद्दामा डामिए

मधेश मिडिया काउन्सिलका अध्यक्ष कमल शपथ लिएको भोलिपल्टै भ्रष्टाचार मुद्दामा डामिए


  • 1.4K
    Shares

    मधेश मिडिया काउन्सिलका अध्यक्ष कमल शपथ लिएको भोलिपल्टै भ्रष्टाचार मुद्दामा डामिए
    images

    काठमाडौं । मधेश प्रदेश मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष कमलप्रसाद उपाध्यायमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    शपथ लिएको दोस्रो दिनमै उनी भ्रष्टाचार मुद्दामा डामिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले शपथ गराएलगत्तै हिजै उनी काउन्सिलमा पदभार सम्हालिसकेका छन् ।

    kamal.jpg

    केएस मल्टिपरपोज कम्पनीका अध्यक्षसमेत रहेका उपाध्यायले बाराको पचरौता नगरपालिकाबाट आर्थिक वर्ष ०७७/७८ मा सञ्चालन भएका ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरेर रेकर्डमा राखेन् गरीमात्र एक प्रति प्रभाव दैनिकमा प्रकाशित गरेर ३ लाख ५२ हजार ५६० भुक्तानी लिएको देखिएको आयोगका प्रवक्ता सहसचिव राजेन्द्र पौडेलले जानकारी दिए ।

    गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई कसुर गरेको उनीमाथि आरोप छ । उनीसहित नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाललाई पनि मुद्दा दायर गरिएको छ ।

    नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव रहेका उपाध्यक्ष बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादकसमेत हुन् ।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १४:०९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij