२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । डीएसपी हुँ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माको अनुसार आइतबार राति पौडेल पोखराको सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारमा पुगेर पौडेलले विभिन्न प्रकारको खानेकुरा अर्डर गरेर खाएका थिए ।
पैसा तिर्ने बेलामा म प्रहरीको डीएसपी हुँ भन्दै धम्की दिएर काउन्टरको कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij