Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

गभर्नर नियुक्ति विवादको रिट आज पनि पुछारमा, आदेश आउने सम्भावना न्यून

गभर्नर नियुक्ति विवादको रिट आज पनि पुछारमा, आदेश आउने सम्भावना न्यून


  • 1.7K
    Shares

    गभर्नर नियुक्ति विवादको रिट आज पनि पुछारमा, आदेश आउने सम्भावना न्यून

    काठमाडौँ । गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न माग गर्दै परेको रिट र उक्त रिटमाथिको पूरक निवेदनको पेसी आज पनि इजलासको पुछारमा पेसी तोकिएको छ ।

    अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा १७ औँ नम्बरमा तोकिएको हो । उक्त इजलासमा आज १९ वटा रिटमाथि सुनुवाइ हुँदै छ ।

    गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’  संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।

    उक्त संशोधनविरुद्ध चैत ३१ गते सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    यसैबिच गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई नियुक्ति गर्न लागिएको समाचार बाहिरिएपछि अधिवक्ताद्वयले गत शुक्रबार पूरक निवेदन दिएका थिए । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त रिट र निवेदनमाथि पेसी तोकिएकोमा ४० औँ नम्बरमा पुछारमा रहेको थियो ।

    सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि १३ औँ नम्बरमा पेसी तोकिएको थियो ।

    images
    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १०:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij