२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ।
कम्पनीले केन्द्रीय कार्यालय तथा आफ्ना विभिन्न शाखा कार्यलयको लागि कर्मचारी माग गरेको हो । चार्टर्ड एकाउन्टेन्टको लागि २ जना र अफिसर सिनियर अफिसर एएम डीएमको लागि कर्मचारी माग गरेको छ ।
चार्टर्ड एकाउन्टेन्ट पदको लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्ने छ भने अफिसर, सिनियर अफिसर, एएम वा डीएम पदको लागि कम्तीमा स्नातक तह पास गरेको हुनु पर्ने । बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान भएकोलाई प्राथमिकता दिइने कम्पनीले जानकारी दिएको छ ।
ईच्छुक तथा योग्यता पुगेको नेपाली नेपाली नागरीकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनु पर्ने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij