२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयसीमा भित्र नै गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको छ ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए। ‘अध्यक्ष ९डा।महाश्रम शर्मा० ज्यूले बैठक बोलाउनु भएको छ,’ अर्यालले भने, ‘बैठकमा कक्षा १२ को परीक्षासहित विभिन्न विषयमा छलफल होला।’
उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए। ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएको छ,’ उनले भने।
कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुनेरनहुने अन्योल छ। यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ।
आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन्। शिक्षकका मागप्रति प्रधानममन्त्री अनुदार देखिएको बेला सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षक आन्दोलनको गन्तव्य नै अनिश्चित बनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij