२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले कुलिङ पिरियडलाई राख्नुपर्छ भन्ने पक्षमा अडान लिएका छन् ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा सदस्यहरूले कुलिङ पिरियड अनिवार्य भएको बताएका छन्।
दुई वर्षको कुलिङ पिरियड राख्दा खासै फरक नपर्ने बताएका छन् । बैठकमा नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईंले दुई वर्षको कुलिङ पिरियड राख्नु पर्ने र भ्रष्टाचार गरेर पेन्सन पाउनुपर्ने कुरा गर्न पनि नहुने बताइकी हुन् । कुलिङ पिरियड राख्नैपर्छ ।
उनले कुलिङ पिरियडमा दुई वर्षको समय राख्नुपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै भ्रष्टाचारको कारबाहीमा परेकाहरूलाई पेन्सन दिनुहुँदैन भन्ने पक्षमा आफू रहेको जिकिर गरिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij