२०८२ भाद्र १ गते आइतवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कर्म बलियो रहनेछ कार्यछेत्रमा आएका बाधा अड्चनहरु हट्नेछन । मुहारमा कान्ति छौनेछ भने आजको दिन अत्यन्त शुभ रहेको छ । आजको दिनमा भगवान भोलेनाथको नाम जपेर कार्यको थालनी गर्नुहोला शुभ हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धर्मकर्ममा मन लाग्नेछ, शरिरमा शान्ती र मुहारमा कान्ति छाउनेछ , छोटो दुरिको धार्मिक यात्रा हुनेछ । दुर्गा देविलाइ स्मरण गर्दै कार्य आरम्भ गर्दा राम्रो फल पाइनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कार्यशैलिले अरुको मन सजिलै जित्न सकिनेछ कर्म गर्दा सोचेको फल प्राप्त हुनेछ, , मन प्रफुल्ल रहला । चोटपटकको भय पनि छ भगवान भोलेनाथको नाम जप्दै कार्य प्रारम्भ गर्दा राम्रो फल पाइनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिपरित लिङ्गप्रती आकर्षक बढ्नेछ भने पति पत्निमा सुमधुरता छाउनेछ । दिनको प्रारम्भमा गौमाताको दर्शन गर्दा दिनभरी नै शारीरिक शान्तिको आत्मानुभुती हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
रोगको भय छ रिणमा पनि बृद्दी हुने देखिन्छ भने शत्रुहरु हावी हुनेछन सचेत रहनुहोला । समय मध्यम रहेको छ शत्रुहरु हावी भएतापनि अन्यमा जित आफ्नै हुनेछ। दिनको पुर्वार्धमा महाकाल भैरवको उपासना गर्दाले कठिनाइहरुको सामना गर्नुपर्ने छैन ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सन्तानबाट सुख मिल्नेछ सन्तान पक्ष मजबुत हुनेछन आजको दिन अत्यन्तै शुभ रहेकोछ । आजको दिनमा नवग्रहको स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्तहरु रुष्ठ हुनेछन , मनमा अशान्ती बढ्नेछ । सुखमा कमि आउनेछ, दिनको पुर्वार्धमा लक्ष्मीनारायणको दर्शन गरेर हरेक कार्यको आरम्भ गर्नुहोला।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भाइबन्धुमा प्रेम बढ्नेछ मनोकाङक्ष्या पुर्ण हुनेछ । पैतृक लाभ पनि मिल्नेछ । आजको दिन बङ्गलामुखिको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल मिल्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनलाभ हुने समय रहेको छ शेयर मार्केटमा राम्रो फल प्राप्त होला । वाणिको प्रभाव बढ्नेछ दिनको पुर्वार्धमा राधाकृष्णको दर्शन गरेर कार्यारम्भ गर्दा उत्तम रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शारीरिक बल बढेर जानेछ मुहारमा कान्ति छाउनेछ । जोस जागरले गर्दा अत्यादिक कार्य गर्नमा मन लाग्नेछ । दिनको पुर्वार्धमा भगवान गणपती महाराजको दर्शन गरेर कार्यारम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अनावश्यक यात्रा हुनेछ भने खर्च पनि बढ्नेछ सचेत रहनुहोला । फजुल खर्चमा ध्यान दिनुहोला, दिनको आजको दिन भगवान नृसिम्हको ध्यान गरेर कार्यारम्भ गर्नुहोला सफल हुनुहुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आयआर्जनको श्रोत फेला पर्नेछ आम्दानीको कारणले मन प्रफुल्ल रहनेछ, शरिरमा बल र मनमा शान्ती छौनेछ । आजको दिन यहाको शुभ रहेको छ । दिनको पुर्वार्धमा सुर्यनारायणको दर्शन गरेर कार्यको थालनी गर्नुहोला ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij