Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न


  • 1.4K
    Shares

    • images
    निशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा संगठनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

    संगठनको स्थापना दिवसको अवसरमा सडक विभाग परिसरमा नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिको आयोजनामा उक्त शिविर संचालन गरिएको हो । ओम समाज डेन्टल हस्पिटलको सहकार्य रहेको उक्त एक दिने निःशुल्क दन्त शिविरमा लगभग १ सय २० जनाले दन्त स्वास्थ्य जाँच गराएका थिए ।

    उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका दन्त विशेषज्ञका साथै प्राबिधिक टोलीको सहभागी रहेको थियो । दन्त शिविर कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्यसमितिका अध्यक्ष इ.प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

     

     

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १२:३२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij