Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पूर्व प्रहरी महानिरीक्षकको घरमै हत्या, श्रीमती र छोरी प्रहरी नियन्त्रणमा

पूर्व प्रहरी महानिरीक्षकको घरमै हत्या, श्रीमती र छोरी प्रहरी नियन्त्रणमा


  • 10.3K
    Shares

    पूर्व प्रहरी महानिरीक्षकको घरमै हत्या, श्रीमती र छोरी प्रहरी नियन्त्रणमा
    images

    काठमाडौं । भारत कर्नाटकको राजधानी बेंगलुरुमा राज्यका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाशको शव आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा फेला गरेको छ ।  

    प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ  । घटनालाई शंकास्पद हत्या मानेर प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

    एनडीटीभीको रिपोर्टअनुसार घटना भएका दिन ओम प्रकाशको आफ्नी श्रीमतीसँग भनाभन भएको थियो । भनाभनकै क्रममा श्रीमतीले पहिला उनलाई खुर्सानीको धुलो आँखामा हालिदिएकी थिइन् । त्यसपछि बाँधेर चक्कु प्रहार गरिन् । यतिमात्र होइन, ओम प्रकाशमाथि सिसाको बोतलले समेत आक्रमण गरिएको बताइएको छ ।

    ६८ वर्षीय ओम प्रकाशको शवमा चोटका धेरै दाग भेटिएको प्रहरीले जनाएको छ, जसले हत्या भएको शंका झनै गहिरो बनाएको छ । प्रारम्भिक अनुसन्धानमा प्रहरीले उनकी श्रीमतीमाथि शंका जनाए पनि थप अनुसन्धान जारी छ । श्रीमतीले नै हत्या गरेको आधिकारिक पुष्टि भने भएको छैन । प्रहरीले ओम प्रकाशकी श्रीमती र छोरीलाई नियन्त्रणमा लिएर झण्डै १२ घण्टासम्म सोधपुछ गरेको छ ।

    OM_Prakash_Ex_DGP_Karnatak_03OKeSlWwS_op6x4YgMyR_0vkjbbsrsb2rg7byi7tbtqkeopdpdysehxwbi4yvrk6eb5va1vj49a3km3qw_6eSuhCWO2Q_c2r9mloalsz8bdxdlsw7jeovubvjt4ttlgske3siorwabk5f6a3s0l5vc4kz.png

    ओम प्रकाश को थिए?

    कर्नाटकका पूर्व प्रहरी महानिरीक्षक (डीजीपी) ओम प्रकाश एक अनुभवी र सम्मानित प्रहरी अधिकृत थिए । उनी बिहारको चम्पारण जिल्लामा जन्मिएका थिए । 

    भूविज्ञानमा एमएससी गरेका उनले पछि भारतीय प्रहरी सेवा (आईपीएस) मा प्रवेश गरेर आफ्नो करिअर शुरू गरेका थिए । सेवा जीवनको शुरूआत उनले हरपनहल्ली (बेल्लारी)मा सहायक प्रहरी अधिक्षक (एएसपी) का रूपमा गरेका थिए । 

    त्यसपछि उनी विभिन्न जिल्लामा प्रहरी अधिक्षक (एसपी) को रूपमा कार्यरत रहे । उनले राज्य सतर्कता आयोग, लोकायुक्त लगायतका विभिन्न महत्त्वपूर्ण निकायमा समेत काम गरेका थिए । १ मार्च २०१५ मा उनी कर्नाटकका प्रहरी महानिरीक्षक (डीजीपी) मा नियुक्त भएका थिए । उनको नेतृत्वमा राज्यको शान्ति सुरक्षाका लागि महत्वपूर्ण कामहरू भएका थिए । 

    निकट सहयोगीबाटै ज्यानको डर थियो?

    न्यूज एजेन्सी पीटीआईको रिपोर्ट अनुसार ओम प्रकाशले केही समयअघि आफ्ना केही निकट सहयोगीहरूबाट ज्यानको खतरा रहेको उल्लेख गरेका थिए । 

    प्रहरीले यस घटनामा परिवारकै कुनै सदस्यको संलग्नता रहेको आशंका व्यक्त गरेको छ । साथै, परिवारभित्र सम्पत्तिसम्बन्धी विवाद रहेको विवरण पनि बाहिर आएको पीटीआईले जनाएको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १२:२०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij