Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि धवल शमशेर राणा रिहा

मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि धवल शमशेर राणा रिहा


  • 4.9K
    Shares

    मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि धवल शमशेर राणा रिहा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्। राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको दंगामा सहभागी भएको आरोपमा पक्राउ परेका थिए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि राणालाई श्रीमतीको जिम्मा लगाइएको हो । प्रहरीले क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतबार राति नै नेता राणालाई श्रीमतीको जिम्मा लगाएको हो ।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तीनकुनेको घटनापछि पक्राउ परेका राप्रपा महामन्त्रीको स्वास्थ्य संवेदनशीलतालाई बुझेर रिहा गर्नु स्वागतयोग्य भएको बताए।

    उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेतालाई थुनामा राख्नु अन्नायपूर्ण र नाजायज भएको बताएका छन्।
    उनले आस्थाका आधारमा बन्दी बनाइएका सबैलाई शिना शर्त रिहा गर्न मागसमेत गरेका छन्।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - ०५:१३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij