२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति संघीय निजामती सेवा विधेयक टुंगो लगाउने प्रयासमा छ । यसका निम्ति समितिले मिल्न बाँकी विषय पहिचान गरेर त्यसमाथि छलफल चलाइरहेको छ ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूका अनुसार मिल्न बाँकी १० वटा विषय पहिचान गरिएको छ ।
१. ट्रेड युनियन
२. कुलिङ पिरियड
३. भेटनरीमा ८ औं तह राख्ने प्रस्ताव
४. अतिरिक्त सचिव
५. प्रदेशमा अतिरिक्त सचिव
६. अतिरिक्त सचिव राख्दा कहाँ र कति संख्या ?
७. प्रदेश सचिव १० वर्षसम्म संघले पठाउने
८. स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघले पठाउने
९. कम्युटर अपरेटर कुन सेवामा ?
१०. मातृत्व विशेष बिदा
राज्य व्यवस्था तथा सुशासन समितिले गत ९ फागुनमा सांसद बडूको नेतृत्वमा संसदीय उपसमिति गठन गरेको थियो । उपसमितिले यी मिल्न बाँक विषयमा थप छलफल गर्ने गरी मूल समितिमा विधेयकको प्रतिवेदन पेश गरेको हो ।
११ सदस्यीय उपसमितिमा सांसदहरू अशोककुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य रहेका थिए ।
बडू नेतृत्वको उपसमितिले गत चैत २० गते नै विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको हो । तर, मिल्न बाँकी विषयमा सहमति खोजिँदा विधेयक अगाडि बढ्नमा बिलम्ब भएको छ ।
राज्य व्यवस्था समितिमा अधिकारीहरूका अनुसार सहमतिको प्रयास जारी छ । मिल्न बाँकी विषयमा सहमति जुटाएर अगाडि बढ्ने तयारी छ । उपसमितिले ट्रेड युनियन हालमै अवस्थाको जस्तै रहने गरी अगाडि जाने प्रस्ताव गरेको छ । तर, यससम्बन्धमा समितिमा सहमति जुट्न बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij